News

दश दिनपछि वस्ने गरी नेकपा सचिवालय वैठक सकियो

दश दिनपछि वस्ने गरी नेकपा सचिवालय वैठक सकियो

१० दिनपछि फेरि बस्ने गरी नेकपामा सचिवालय बैठक सकिएको छ। वैठक सकिएको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएका छन् ।

बैठकमा छलफल भएका विषयको वारेमा विस्तृत जानकारी आएको छैन । यसअघि कात्तिक २८ गते बसेको सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक प्रतिवेदन पेस गरेका थिए। 

उक्त प्रतिवेदनमा प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई सही दिशा दिन नसकेको आरोप लगाएका थिए। 

प्रचण्डको उक्त प्रतिवेदनमा प्रधानमन्त्री ओली पक्षधरले आपत्ति जनाएका थिए। 

सचिवालय बैठकमा सहभागी हुनुअघि प्रधानमन्त्री ओलीले शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।

विशेष