प्रचण्डको जवाफ दिन ओलीलाई १० दिनको म्याद
वुधवार वालुवाटारमा वसेको नेकपा सचिवालय वैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनितिक प्रतिवेदनको जवाफ दिन १० दिनको समय लिएका छन् ।
आन्तरिक विवाद चुलिएका बेला बसेको वैठक पुनः १० दिनपछि वस्ने गरी स्थगित भएको छ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्को बैठकमा प्रधानमन्त्री ओलीले पनि राजनीतिक प्रतिवेदन पेस गर्ने वताए ।
सामुहिक राजिनामा दिउँः पौडेल
वैठकमा महासचिव विष्णु पौडेलले सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिन प्रस्ताव राखेका थिए ।
पार्टीको आन्तरिक विवाद कायम रहे आफूहरू कम्युनिष्ट आन्दोलनको अन्तिम नेता मात्र हुनेभन्दै उनले कम्युनिष्ट पार्टीको मलामी हुन पदमा वस्नुको औचित्य नहुने वताएका थिए ।
‘सवै जना सचिवालय सदस्यले सामुहिक राजिनामा दिउँ’ उनलको भनाईलाई उध्रित गर्दै श्रोतले भन्यो–‘त्यसपछि नयाँ पुस्तालाई सचिवालयमा ल्याउन प्रस्ताव लैजाऔं।’
तर, वैठकमा उनको प्रस्तावमा कुनै छलफल नभएको श्रोतले जनाएको छ ।
स्थायी र केन्द्रीय कमिटीको बैठक वस्ने
वैठकवाट स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय भएको छ । प्रवक्ता श्रेष्ठले मंसिर १८ मा स्थायी कमिटी बैठक बस्ने जानकारी दिए। केन्द्रीय कमिटी बैठक भने मंसिर २५ गते वस्ने उनले वताए ।