News भिडियो राजनीति

नेपाली सेनाका पुर्व जर्नेलको प्रश्न– नेपाल वावुराम भट्टराईलाई कुनै यमीले दिएको दाईजो हो ? [भिडियो अन्तरवार्ता]

नेपाली सेनाका पुर्व जर्नेलको प्रश्न– नेपाल वावुराम भट्टराईलाई कुनै यमीले दिएको दाईजो हो ? [भिडियो अन्तरवार्ता]

नेपाली सेनाका पुर्व व्रिगेडियर जर्नेल डा. प्रेमसिंह वस्न्यातले नेकपाको आन्तरिक विवाद हड्डिका लागि कुकुरको लडाई भन्दा फरक नभएको वताएका छन् ।

नेकपाको किचलो तथा नेपालको वर्तमान राजनितिक अवस्थाका विषयमा नेपाल आजसँगको कुराकानीमा उनले यस्तो वताएका हुन् । ‘नेकपाभित्रको लडाई कुकुरहरुले हड्डिका लागि गर्ने लडाई मात्रै हो’ उनले भने–‘एउटा हड्डिमा ८/१० वटा कुकुर कुस्ति खेले जसरी प्रधानमन्त्री पदका लागि र देशको सम्पत्ति दोहन गर्नका लागि लडाई भईरहेको छ ।’

नेताहरुको कुसंस्कारका कारण नेपालको राजनिति गनाईरहेको आरोप लगाएका उनले कोरोनाको ब्यवस्थापन, सिमा समस्या, गरिवी निवारण÷ब्यवस्थापन, रोजगारी सृजनालगायका कुरामा सरकार मात्र होईन, सम्पुर्ण राजनितिक दल नै फेल भएको वताए । ‘कोरोनाको माहामारी र चाडवाडका मुखमा नेपालीहरु धमाधम भारत पसिरहेका छन्’ उनी भन्छन्–‘यो विषयमा नेकपाका नेताहरु एक शब्द पनि वोल्दैनन् ।’

नेताहरु घरपालुवा जनावर भन्दा पनि तल्लो स्तरमा पुगिसकेको वस्न्यातले वताए । ‘पाल्तु जनावरले पनि मालिक प्रति सदभाव र अपनत्व देखाउँछ। तर, नेताहरु पशु भन्दा गिरेर काम गरिरहेका छन’ उनले थपे–‘त्यसैले अहिले राजनिति गर्माएको होईन, गनाई रहेको मैले देखेको छु ।’ 

नेपकामा दुईटा अध्यक्ष पद श्रृजना गरेजस्तै प्रधानमन्त्री ५/६ वटा तथा गृहमन्त्री र अर्थमन्त्री पनि २/४ वटा वनाएपछि मात्रै अहिलेको समस्या हल भएर जाने भन्दै उनले ब्यंग्य गरेका छन् ।

नेताहरु स्वार्थमा लिप्त हुँदा देश र जनताले दुःख पाएको उनको आरोप छ । ‘वाईड वडि खाए, ओमनी लगाएर लुटे, वालुवाटारको जग्गा पनि खाए। अव देशको रगत खान वाँकी छ’ उनले थपे–‘यसैका लागि यिनीहरु पशुभन्दा पनि तल झरेर अमानवीय काम गरिरहेका छन् ।’

न्यायालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी र नेपाली सेनाका प्रमुखहरु इमान्दार हुने हो भने ५/६ जना प्रमुख नेताहरु अहिले नै जेल जाने अवस्थामा रहेको उनको दावी छ ।

देशलाई अहिलेको अवस्थामा पुर्याउन १२ वुँदे समझदारी र त्यसै अन्तरगत वनेको संविधानको मुख्य भुमिका रहेको उनको वुझाई छ । ‘वनमारा जस्ता वावुराम भट्टराई, सुवास नेम्वाङ्ग र कृष्णप्रसाद सिटौला जस्ता २/४ जना प्रतिघातीलाई प्रयोग गरेर पश्चिमाले वनाई दिएको संविधानका कारण देशले दुःख पायो। जनताले दुःख पाए’ उनी भन्छन्–‘यो ब्यवस्था देशले धान्न सक्दैन। ज्ञानेन्द्र वा अरु कसैलाई ल्याएर राखेपनि अहिलेको ब्यवस्थामा देश टिक्दैन। अव यो ब्यवस्था फालेर माटो सुहाउँदो र अर्थतन्त्रले धान्ने ब्यवस्था ल्याउनुपर्छ।’

नेताले जनताप्रति घात गरेको उनले वताए । जनताको अभिमत टुडिखेलमा खोल्नुपर्ने माग गर्दै उनले भने–‘धर्मनिरपेक्षता र संवैधानिक राजतन्त्रको अन्त्य गर्ने कुरा कस्ले गर्यो। त्यो जनतालाई देखाउनुपर्छ ।’ संविधान वन्नु भन्दाअघि नै नेता वावुराम भट्टराईले जनताको अभिमत जस्तो आएपनि गणतन्त्र ल्याएरै छोड्ने घोषणा गरेको स्मरण गर्दै उनले भने–‘जन अभिमतमा सय प्रतिशत नै धर्म सापेक्ष भने पनि, राजतन्त्र चाहिन्छ भनेपनि र गणतन्त्र चाहिदैन भनेपनि हामी ल्याएरै छोड्छौ भनेर उनले त्यति वेलै वोलेका छन् त। के नेपाल वावुराम भट्टराईलाई कुनै यमीले दिएको दाईजो हो ?’

हतियार छोड्न विप्लवलाई आग्रह
डा. वस्नेतले नेत्र विक्रम चन्द (विप्लव) लाई हतियार छोडेर शान्तिपुर्ण राजनितिमा आउन आग्रह गरेका छन् । हतियार उठाउँदैमा र भुमिगत हुँदैमा परिवर्तन नहुने वताएका उनले शान्तिमा आउन र यो ब्यवस्था परिवर्तनका लागि योगदान गर्न आग्रह गरे । ‘हतियारसँग अव कोहि डराउँदैन’ उनले भने–‘अव तुलनात्मक रुपमा कम गनाएकाहरु वोलेर यो ब्यवस्था फालौ।’

नेकपाको आन्तरिक विवाद तथा नेपालको वर्तमान राजनितिक अवस्थाका विषयमा नेपाली सेनाका पुर्व व्रिगेडियर जर्नेल डा. प्रेमसिंह वस्न्यातसँग नेपाल आजले गरेको विशेष कुराकानी हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस्।

विशेष