काठमाण्डौंमा ‘अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी’ हुने
नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापनाको ६५ वर्ष पुरा भएको अवसरमा नेपाल–चाइना मिडिया फोरमले काठमाण्डौंमा ‘अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी’ को आयोजना गर्ने भएको छ ।
नयाँ बानेश्वर स्थित होटल एभरेष्टमा शुक्रबारबाट सुरु हुने फोटो प्रदर्शनी एक हप्ता रहने नेपाल–चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए । फोटो प्रदर्शनीको उदघाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने छन।
प्रदर्शनीमा दुवै देशका संस्कृतिक विकास र पर्यटनसँग सम्बन्धित फोटोहरु राखिनेछ । दुई देशविच कुटनीतिक सम्बन्ध स्थापना भएको विशेष अवसरमा अन्य विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण सफल हुन नसेको श्रेष्ठले जानकारी दिए ।