चुनावमा धान्धली गरेको भन्दै इमरान खानविरुद्ध ब्यापक प्रदर्शन
पाकिस्तान । पाकिस्तान नियंत्रित गिलगित-बाल्टिस्टनमा आइतवार भएको चुनावको विवादमा परेको छ। इमरान खानको पार्टी पीटीआईविरुद्ध विपक्षी दलहरूले यस निर्वाचनमा सबैभन्दा ठूलो धान्धली गरेको आरोप लगाएको छ। विपक्षी दलहरू पीपुल्सस पार्टी र महिला लीगले इमरानको पार्टीले निर्वाचनमा धन्धाली गरेको आरोप लगाएको हो।
गिलगित-बाल्टिस्तानका जनताले कडा सुरक्षाको बीचमा तीन चरणमा निर्वाचनमा भाग लिए। बिहान आठ बेलुका सुरु भयो र बेलुका छ बजेसम्म शान्तिपूर्ण रूपमा चल्यो। चुनाव पछि भोटको गिनती प्रक्रिया शुरू भयो । रुझानहरुमा इमरान खानको पार्टी अगाडि देखिएको छ।
बिपक्षी दलहरूले भोट गन्तीमा धान्धली भएको बताउदै गन्ती नै बहिस्कार गरे । बैलेटहरू बद्लिएको र गन्तीको दौरान सैन्य हस्तक्षेप भएको भन्दै लाखौंको सहभागीमा इमरान खानविरुद्ध ठुला ठुला प्रदर्शनहरू भएका छ्न । सो प्रदर्शनहरूले इमरान खान सरकारको अस्तित्वलाई नै अफ्यारोमा पारेको छ ।