चिनियाँ विदेश मन्त्री नेपाल आउँदै
चिनियाँ विदेशमन्त्री वाङ यी नोभेम्बरको अन्तिम साता नेपाल आउने भएका छन्। विदेश मन्त्री वाङको नेपाल भ्रमणका लागि दुवै देशले तयारी गरिरहेको जनाईएको छ ।
वाङको नेपाल भ्रमण केहि घण्टाका लागि मात्रै हुने सरकारी उच्च श्रोतले जनाएको छ । भ्रमणका क्रममा वाङ्गले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीलगायत प्रमुख राजनितिक दलका नेताहरुसँग भेटघाट गर्ने जनाईएको छ ।
अरु नै देशको भ्रमणमा निस्कन लागेका वाङ केही समय काठमाडौंमा रहने र राजनीतिक भेटघाट गरेर त्यसतर्फ जान लागेको जनाईएको छ । भेटघाटका क्रममा द्विपक्षीय सहयोग र अन्तर्राष्ट्रिय समसामयिक राजनीतिबारे छलफल हुन सक्ने बताइएको छ ।