News

सप्तरीमा ३५ जना कोरोना संक्रमितको मृत्यु

सप्तरीमा ३५ जना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणका कारण सप्तरीमा थप एक महिलाको मृत्यु भएको छ ।

वोदेवरासइन नगरपालिका ३ की ६५ वर्षिया महिलाको विहिवार धरानमा मृत्यु भएको हो ।

खोकीको समस्या देखिएपछि उनलाई विहिवार धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । पिसिआर परिक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पतालको आईसोलेसनमा राखिएकी महिलाको राती करिव ९ वजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

योसँगै सप्तरीमा कोरोना संक्रमणका कारण मर्नेको संख्या ३५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

यसैगरी सप्तरीमा हालसम्म कोरोना संक्रमितको संख्या १७ सय २५ पुगेको छ भने १५ सय ३८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

विशेष