News

५ मिनेटको फरकमा श्रीमान श्रीमतीकै मृत्यु

५ मिनेटको फरकमा श्रीमान श्रीमतीकै मृत्यु

धनुषामा शहिदनगर नगरपालिका– १ मा पाँच मिनेटको फरकमै श्रीमान श्रीमतीकै मृत्यु भएको छ ।

स्थानीय ९१ वर्षिय रामखेलाबन यादव र उनकी श्रीमती ८८ वर्षिया सुमित्रादेवीको सोमबार बिहान मृत्यु भएको हो । 

मृतकको परिवारीक श्रोतका अनुसार रामखेलाबनको मृत्यु भएको ठिक ५ मिनेटपछि उनकी श्रीमती सुमित्रादेवीको को पनि मृत्यु भएको हो ।

विहान नित्यकर्म गरी बसेका वावु रामखेलावनको करिव ८ बजेर ५० मिनेतिर एक्कासी मृत्यु भएको र त्यसको समाचार सुनेको ५ मिनेट पनि पुरा नहुदै आमाले पनि धर्ती छोडेको मृतका छोरा उपेन्द्रले वताए । पतिको मृत्यु हुँदा सुमित्रादेवी घर भित्रै थिईन।

उनीहरुको एक छोरा र चार छोरी छन् । वृद्ध दम्पत्तिको एकैसाथ भएको मरणले स्थानीयवासी भने आश्चर्यमा परेका छन् ।

विशेष