News

जिम्मेवारीवाट भाग्न अदालतसँग सिंगौरी, आदेश बदर गर्न सरकारको माग

जिम्मेवारीवाट भाग्न अदालतसँग सिंगौरी, आदेश बदर गर्न सरकारको माग

कोरोना संक्रमण परीक्षण निशुल्क गर्न सर्वोच्च अदालतले दिएको आदेश विरुद्ध सरकारले पुनरावलोकन निवेदन दर्ता गएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतवार महान्यायाधिवक्ताको कार्यालयमार्फत कोरोना परीक्षण निशुल्क गर्नुपर्ने सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकन निवेदन दिएको हो ।

मन्त्रालयले कोरोना भाइरस संक्रमण परीक्षणको शुल्क लिनु संविधान र कानुनसम्मत रहेको जिकिर गर्दै उक्त आदेश बदर गर्न माग गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले वताए ।

अधिवक्ता लोकेन्द्र ओली र केशरबहादुर केसीले दायर गरेको रिटमा सर्वोच्च अदालतले निजी र सरकारी सबै प्रयोगशालामा कोरोना भाइरस संक्रमण परीक्षण निशुल्क गर्न परमादेशको आदेश जारी गरेको थियो ।

तर स्वास्थ्य मन्त्रालयले भने निशुल्क परीक्षण गर्न राज्यको स्रोत साधन र जनशक्तिले नभ्याउने भन्दै शुल्क लिनुपरेको जिकिर गरेको छ ।
रोगको अवस्था, भौतिक पूर्वाधार, स्वास्थ्यसम्बन्धी यन्त्र÷उपकरण, जनशक्ति, कामको पछिल्लो अवस्था, परमादेश जारी हुनुपूर्वका निर्णय जस्ता आधारभूत कुराहरुको विवेचना र विश्लेषण नै नगरि अदालतले अपरिपक्व ढंगले आदेश जारी गरेकाले आदेश वदर गर्न माग गरिएको मन्त्रालयले जनाएको छ । 
 

विशेष