काठमाण्डौ महानगरले फेरी सुरु गर्यो निशुल्क स्वाव परिक्षण
काठमाडौं महानगरपालिकाले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन शुरु गर्ने भएको छ । सरकारी मापदण्डमा परेकाहरुको स्वाब संकलन र परिक्षण गरिने मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।
संक्रमित स्वयमले पीसीआर टेष्ट गर्नुपर्ने निर्णय गरेपछि स्वाब संककलन रोकेको महानगरले सरकारले निर्णय सच्याएपछि कन्ट्याक ट्रेसिङमा परेका लक्षण भएकाहरुको स्वाब संकलन सुरु गर्न लागेको छ । मेयर शाक्यले परीक्षणको दायरा फराकिलो बनाउने बताए ।
अशक्त र जेष्ठ नागरिकहरुको स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए । उपत्यकामा बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाई छ ।
भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई सुझाव दिइसकेको उनले जानकारी दिए ।