कारले सिटी रिक्सालाई ठक्कर दिदा दुई जनाको मृत्यु
सप्तरीमा आईतवार साँझ कार र सिटी रिक्सा आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाईते छन् ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका ३ स्थित महुली पुलमा पश्चिम जाँदै गरेको वा २१ च ६३९ नम्वरको कार र पुर्व जाँदै गरेको को २ ह ३४९८ नम्वरको सिटी रिक्सा आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा भाईते भएका सिटिमा सवार ६ र कारमा सवार २ जनालाई प्रहरीले तत्कालै उपचारका लागि अस्पताल पठाएकोमा हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका ७० वर्षिय वद्रि मुखियाको वाटोमै मृत्यु भएको छ।
यसैगरी, हनुमाननगर कंकालिनी नगरपालिका– २ का ७० वर्षिय द्वारिकालाल माझी भन्ने वेचनलाल माझीको पनि राती करिव ९ वजे विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा घाईते भएका हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेजका ५५ वर्षिय सहदेव मुखिया, स्थानीय ६० वर्षिय सहदेव खत्वे र ९० वर्षिय रामलखन सुतिहारहेको भारदह अस्पतालमा उपचार भईरहेको छ।
यसैगरी, सिटि रिक्साका चालक भारदहका ५७ वर्षिय सोमी मण्डल, हनुमाननगर कंकालिनी नगरपालिका २ का ७० वर्षिय देवीलाल दास र अग्निसाईर कृष्णासवरण गाउँपालिका २ का ४० वर्षिय शम्भु मुखियाको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।