वरियताको भोक : मन्त्री र सीईओद्वारा कार्यक्रम नै वहिस्कार
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण वस्नेत तथा पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञावलीले भारत सरकारको सहयोगमा गोरखामा निर्मित तीनवटा विद्यालय भवन उद्घाटन कार्यक्रममा वहिस्कार गरेका छन् ।
भारती विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले शुक्रवार संयुक्त रुपमा विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम थियो । वरियाता विवादका कारण उनीहरुले कार्यक्रम नै वहिस्कार गरेका हुन् । उनीहरु दुवै जना कार्यक्रममा उनुपस्थित भएको आयोजकले जानकारी दिए ।
आशनग्रहण तथा शुभकामना मन्तव्य व्यक्त गर्ने कार्यक्रम तालिकामा वरियता क्रम नमिलेका कारण मन्त्री बस्नेत र सीईओ ज्ञावाली कार्यक्रममा अनुपस्थित भएको श्रोतको दावी छ।
मन्त्री बस्नेत, सीईओ ज्ञावली र भारतीय विदेश सचिव हर्षवद्र्धनले तीनवटा विद्यालय संयुक्त रुपमा उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो, अन्तिम समयमा मन्त्री र सीईओले कार्यक्रम रद्ध गरेको महालक्ष्मी माविका व्यवस्थापन समितिका अध्यक्ष शिव केशीले बताए।