News

राष्ट्रिय सपना पूरा गर्न नेपाल–भारतबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक : विदेश सचिव श्रृंगला

राष्ट्रिय सपना पूरा गर्न नेपाल–भारतबीच सशक्त सहकार्यमुखी सम्बन्ध आवश्यक : विदेश सचिव श्रृंगला

भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल–भारत सम्बन्ध दुवै देशका जनताको हितमा रहेको भन्दै दुवै देश आफ्ना भावी पुस्ताप्रति जवाफदेही हुनुपर्ने बताएका छन् ।

‘द एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसन अफेयर्स’ ले शुक्रवार आयोजना गरेको कार्यक्रममा उनले भने– ‘घनिष्ठ मित्र र छिमेकी हामीले सँगै काम गर्न र हाम्रा युवाहरूको आकांक्षालाई पूरा गर्न आवश्यक छ ।’

दुई दिने भ्रमणमा रहेका श्रृंगलाले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा सरकारमा आएपछि १७ वर्षपछि माथिल्लो स्तरमा भ्रमण भएको र छिमेक सम्बन्धलाई अगाडि बढाएर लगेको पनि बताए । सरकारको नेतृत्वमा आएदेखि नै मोदीले छिमेक सम्बन्धलाई पहिलो प्राथमिकता दिएको उनको भनाइ छ ।

श्रृंगलाले भारतले प्रधानमन्त्री मोदीको नेतृत्वमा ‘सबका साथ, सबका विकास र सबका विश्वास’ भन्दै भारतलाई मध्य आर्थिक आर्जन गर्ने मुलुकका रूपमा पुर्याउने सपना देखेको बताए । नेपालको पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य रहेको जनाउँदै उनले दुवै मुलुकका राष्ट्रिय सपना पूरा गर्न नेपाल र भारतलाई एकअर्काको आवश्यकता पर्नेमा जोड दिए ।

भारतका विभिन्न कम्पनी कोरोनाको खोप उत्पादनमा लागिरहेको भन्दै श्रृंगलाले छिमेकी भएका नाताले नेपालको आवश्यकतालाई प्राथमिकता दिने बताए ।

विशेष