मुस्लिमहरूको मानवअधिकार उलंघन गरेको भन्दै चीन विरुद्ध पोखरामा प्रदर्शन
मुस्लिम कल्याणकारी समाजले आज पोखरामा चीनविरुद्ध प्रदर्शन गरेको छ । समाजले चीनले उइगुर मुस्लिमहरूमा अत्यधिक दमन गरेको भन्दै उक्त प्रदर्शन गरेको हो ।
नेपालका मुसलमानहरू चीनमा रहेको उइगुरको स्थितिप्रति आक्रोशित छन्। उनीहरूले चीनद्वरा मुस्लिमहरूको मानवअधिकार उल्लघनको विरुद्ध अन्तर्राष्ट्रिय समुदायसङ्ग एक्यवद्धता ब्यक्त गर्न नेपालमा सान्केतिक प्रदर्शनहरू गरिरहेका छन् । केही दिन अघि केही मुस्लिम संगठनहरूले काठमाडौंलगायत देशका विभिन्न ठाउँहरूमा विरोध प्रदर्शन गरेका थिए।
त्यही क्रममा मुस्लिम कल्याणकारी समाजका कार्यकर्ताहरूको एउटा समूहले पोखरामा पनि चिनियाँ सरकारलाई चीनमा उइगुरहरू बिरूद्ध स्थानीय मुसलमानहरूमाथि भइरहेको दमन विरुद्ध विरोध प्रदर्शन गरेको छ। समुदायका नेताहरूले भनेका छन कि उनीहरू भविष्यमा पनि हुने चीनमा हुने घटनाक्रमका अवलोकन गर्नेछन् र सोहीअनुसार थप आन्दोलन गर्नेछन् ।