ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित : सरकार
ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा हालै सार्वजनिक एसिया प्रतिवेदन–२०२० राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र आधारहीत तथ्यका आधारमा तयार पारिएको दावी गरेको छ । उक्त प्रतिवेदन नस्विकार्ने पनि सरकारले जनाएको छ ।
प्रतिवेदनमा नेपालमा प्रधानमन्त्री नै भ्रष्टाचारका आरोपी सहकर्मीहरुको प्रतिरक्षामा लागेको उल्लेख गरिएको छ । सरकारले भने यो प्रतिवेदनमा आफ्नो असहमति रहेको र स्वीकार्य नहुने जनाएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले एक वक्तव्य जारी गर्दै सरकारविरुद्ध रहेका, सरकारको प्रगति नचाहने, सरकार विरोधी गतिविधिमा लागेका मान्छेहरुलाई सोधेर प्रतिवेदन तयार पारिएको दाबी गरेका छन् ।