चिनियाँ रक्षामन्त्री र प्रधानमन्त्रीको भेटमा के भयो कुराकानी ?
चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हे तथा प्रधानमन्त्री केपी शर्मा ओलीवीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर वेईले रक्षामन्त्री समेत रहेका ओलीसँग आइतबार साँझ शिष्टाचार भेटवार्ता गरेका हुन।
नेपालको एक दिने भ्रमणमा रहेका वेईलाई प्रधानमन्त्री निवास जानु अघि नेपाली सेनाको एक टुकडीले सैनिक मुख्यालय जंगी अड्डामा गार्ड अफ अनर प्रदान गरेको थियो ।
त्यसलगतै वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गरेका थिए । जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीसँगको भेटवार्ता गरेपछि वेई राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ । राष्ट्रपति कार्यलयबाट सिधै स्वदेश फर्कने कार्यक्रम छ ।