News

सरकारले यसरकार गर्यो नेपाल–भारत हवाई उडान सुरु गर्ने निर्णय

सरकारले यसरकार गर्यो नेपाल–भारत हवाई उडान सुरु गर्ने निर्णय

सरकारले नेपाल–भारत हवाई उडान खुलाउने निर्णय गरेको छ । आठ महिनादेखि बन्द हवाई सेवा नेपाली ध्वजावाहक वायुसेवाले एउटा र भारतीय वायुसेवाले एउटा गरी दिनमा दुईवटासम्म उडान गर्ने निर्णय बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।

नेपालले कोरोना संक्रमण रोकथामका लागि गत चैतदेखि नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । सरकारले गत भदौ १६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला गरे पनि भारत र चीनले अझै पनि निःसर्त नियमित अन्तर्राष्ट्रिय उडान खुला गरिसकेका छैनन । भारतले दुई देशका नागरिकलाई मात्रै सेवा दिलाउने सर्तमा एयर–बबल अवधारणामा उडान खुलाउन नेपाललाई एक महिनाअघि प्रस्ताव गरेको थियो ।

यसै प्रस्तावका आधारमा नेपालले दिनमा दुइटासम्म नेपाल–भारत उडान गर्ने तयारी गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णय आइतबार पर्यटन मन्त्रालयमा आउने जनाईएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्र लाल कर्णका अनुसार अन्तर्राष्ट्रियतर्फ दिनमा १०–१२ वटा उडान भइरहेका छन । यो आउने र जाने गरी दिनमा २५ वटा अन्तर्राष्ट्रिय उडान हो । सामान्य अवस्थामा यो संख्या औसत ९० सम्म पुग्थ्यो । 
 

विशेष