News

राष्ट्रवादीहरुले दिए संविधान च्यात्ने चेतावनी

राष्ट्रवादीहरुले दिए संविधान च्यात्ने चेतावनी

संघीय गणतन्त्रात्मक व्यवस्था खारेज गरि संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यको माग गर्दै सोमवार काठमाडौँमा प्रदर्शनमा उत्रिएका राष्ट्रवादीहरुले संविधान च्यात्ने चेतावनी दिएको छन्।

‘राष्ट्रवादी’ हरुको समूहले संघीय गणतन्त्रात्मक व्यवस्थाले राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय अखण्डता कमजोर बनाएको भन्दै ‘राष्ट्र निर्माता शाहवंशीय संवैधानिक राजसंस्था र सनातन धार्मिक अधिराज्य’को माग गरी माईघरमा प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएका उनीहरुले ‘दल भन्दा देश ठूलो हो, दलीय झण्डा छोडेर देशको झण्डा बोकौँ’ भन्दै नारा लगाए । 

‘राष्ट्रिय शक्ति नेपाल’को आह्वानमा भएको प्रदर्शन थापाथली, माइतीघर मण्डला हुँदै बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।

सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं राजतन्त्रको पक्षमा वकालत गर्दै नेपालको पहिचानका लागि राजतन्त्रको उपस्थित अपरिहार्य भएको बताए। 

‘आफ्नो सिंहासन छाडेर नागार्जुनको जंगलमा बस्न जाने राजा अन्त कहीँ पाइँदैन’ भन्दै उनले उनले नेपालको जस्तो शालिन राजा विश्वमा कहीँ नभएको वताए । अहिलेका नेताहरु तातो पानीमा नुहाउन पनि सिंगापुर जाने गरेको भन्दै उनले ब्यंग्य गरे।

राप्रपा अध्यक्ष कमल थापा प्रति लक्षित गर्दै उनले थापा पनि अवसरवादी भएको आरोप लगाए । राजतन्त्रको पक्षमा लागे जस्तो गरेर अवसर आउँदा संविधानको गुनगान गाउँदै हिडेको उनको आरोप छ।  ‘संविधान च्यात्नु पर्ने अवस्थामा आउन सक्छ। यो संविधान लागू हुनुअघि र पछि म आन्दोलनमा सहभागी भएको छु। संविधान ठीक छैन, सँगै आन्दोलन गरेको नेता त संविधान उत्कृष्ट छ भन्दै भोलिपल्ट नै उपप्रधानमन्त्री पो भएछ, बिष्टले भने। 
 

विशेष