राजनीति News

शिर्ष नेताहरु अभिभावक वन्नुहोस, पार्टी र सरकार हामी चलाउँछौं : मन्त्री पुन

शिर्ष नेताहरु अभिभावक वन्नुहोस, पार्टी र सरकार हामी चलाउँछौं : मन्त्री पुन

उर्जा मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य वर्षमान पुनले पहिलो पुस्ताका नेताहरु तयार भए देश हाँक्न दोश्रो पुस्ता तयार रहेको वताएका छन् ।

रोल्पाको लाकुरीमा सोमबार ३३/११ केभी  सबस्टेशनको उद्घाटन समारोहमा वोल्दै मन्त्री पुनले यस्तो बताएका हुन्।

दुबै अध्यक्षले विधिसम्वत प्रधानमन्त्री र पार्टी अध्यक्ष छाडे युवा पुस्ता देश र पार्टी चलाउन तथा पहिलो पुस्ताका नेतालाई सम्मानपुर्वक अभिभाव मान्न तयार रहेको उनले वताए ।

‘युवा पुस्तालाई  नेतृत्व दिन तयार छौं  भनेर निर्णय गर्नुस् हामी दोस्रो पुस्ताका नेता अध्यक्ष र प्रधानमन्त्री चलाउन तयार छौ,’ उनले भने,’तपाईहरु तयार हुनुपर्छ, हामी तपाईहरुलाई अभिभावक मान्न तयार छौं।’

तर, आवेग  र उत्तेजनामा आएर कुरा हाँक्ने भन्दा पनि विधिसम्मत ढंगले कुरोलाई चुरोमा पुर्याउनु पर्ने उनको धारणा छ । 

उनले नेकपाभित्रको बहसले सिंगो देशको राजनीति प्रभावित भएको भन्दै सत्तारूढ पार्टीको बहस भएकाले यस्तो हुनु सामान्य भएको बताए। ‘पार्टीको विवादले देशमा समस्या हुन्छ कि भन्ने चिन्ता छ। हामी त्यसमा जान दिँदैनौ। संविधानले प्रदान गरेको अधिकार गुम्न दिँदैनौं,’ उनले भने,’पार्टीको बहस कहिले उच्च प्रवाहमा र कहिले न्यूनमा हुन्छ। यसले पार्टीलाई  नयाँ ठाउँमा पु¥याउँछ।’

ठूला विवादको निरूपण महाधिवेशनबाट हुने र साना विवादको निरूपण केन्द्रीय कमिटीले गर्ने उनले वताए । 
 

विशेष