News

भारतीय सहयोगमा निर्मित विद्यालय भवन भिडियो कन्फ्रेन्स मार्फत उद्घाटन

भारतीय सहयोगमा निर्मित विद्यालय भवन भिडियो कन्फ्रेन्स मार्फत उद्घाटन

नवलपरासीको देवचुली– ७ स्थित भिमसेन आदर्श उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवन आज उद्घाटन भएको छ । भारत सरकारको करिव साढे २ करोड आर्थिक सहयोगमा विद्यालय भवन निर्माण भएको हो ।

काठमाण्डौं स्थित भारतीय दुतावास, जिल्ला समन्वय समिति, विद्यालय ब्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र विद्यार्थीहरुले भिडियो कन्फ्रेन्स मार्फत संयुक्त रुपमा विद्यालय भवनको उद्घाटन गरेका छन् ।

नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत २ करोड ५८ लाख ३० हजार रुपैयाँ लगानीमा भवन निर्माण भएको विद्यालय प्रशासनले जनाएको छ । नवनिर्मित भवनमा १६ वटा कक्षा कोठा, प्रयोगशाला, प्रशासन तथा कर्मचारी कक्ष, वैठक कक्ष, चमेना गृह र औषधी कक्ष वनाईएका छन्। 

विसं १९६९ मा स्थापना भएको यो विद्यालयमा कक्षा १२ सम्म पढाई हुने गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये ५५ प्रतिशत छात्रा छन् ।

उच्च प्रभाव सामुदायिक विकास परियोजना (साविक साना विकास परियोजना) अन्तर्गत निर्माण गरिएको विद्यालय भवन शिक्षाको क्षेत्रमा भारत र नेपालले गर्दै आएको सहकार्यको अर्को एउटा उदाहरण भएको दुतावसले जनाएको छ ।

यस परियोजनाले शिक्षाको क्षेत्रमा पुर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप वल पुर्याएको जनाईएको छ।
 

विशेष