News

उपचार नपाउँदा संक्रमित महिलाद्वारा आत्महत्या, सर्माउँदैन सरकार !

उपचार नपाउँदा संक्रमित महिलाद्वारा आत्महत्या, सर्माउँदैन सरकार !

खर्च अभावमा अस्पतालवाट निकालिएकी मोरङ्गकी एक महिलाले आत्महत्याको वाटो रोजेकी छिन्।

कोरोना संक्रमण भएपछि अस्पतालले निकाली दिएको र भनेजती रकमको जोहो गर्न पनि नसक्ने अवस्था आएपछि रतुवामाई नगरपालिका–१०, की ४० वर्षीया नरमाया मगरले गत कार्तिक १० गते आत्महत्या गरेको खुलेको छ । उनले शौचालयमा पासो लगाएर आत्महत्या गरेको स्थानीयले जानकारी दिएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि गत कात्तिक ८ गते उनलाई बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । मृगौलामा समस्या देखिएपछि इमर्जेन्सी हुँदै उनलाई आईसीयूमा भर्ना गरियो।

पालो अनुसार नियमित डाइलासिस हुँने अस्पतालले खवर गर्यो । कात्तिक ९ गते उनको डायलाईसिस पनि भयो । उपचार भईरहेको र स्वास्थ्यमा केही सुधार देखिएपछि भएपछि नरमायाँ र उनका श्रीमान टेकवहादुर ढुक्क थिए । 

तर, यसै विचमा उनको स्वाब परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखियो । स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत मृगौलाको उपचार गरिरहेको अस्पतालले कोरोनाको उपचार गराउन दैनिक १८ हजार लाग्ने र धरौटी जम्मा गर्नु पर्ने वताएपछि उनीहरु छागाँवाट खसेझै भए । अन्त्यमा रकम जम्मा गर्न नसक्ने वताएपछि अस्पतालले नरमायाँलाई घर पठायो ।

कात्तिक ९ गते नै उनीहरु घर फर्के । त्यसको भोलीपल्ट दशैंको टिकाकै दिन नरमायाँले पासो लगाईन । 

सरकारले आर्थिक रुपमा विपन्नको निःशुल्क उपचार हुने भनेको भए पनि नरमायाले त्यो उपचार पाइएका कारण मृत्युको वाटो रोज्नु परेको रतुवामाई नगरपालिका–१० का वडाध्यक्ष टंक ढकालले वताए । उनका अनुसार महिलाको परिवार आर्थिक रुपमा विपन्न छ ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले भने पैसा तिर्न नसक्दा संक्रमित÷विरामीलाई घर पठाएको कुरा गलत भएको दावी गरे ।
 

विशेष