News राजनीति

वामदेवलाई सितल निवास वोलाएर राष्ट्रपतिले के दिईन मन्त्र ?

वामदेवलाई सितल निवास वोलाएर राष्ट्रपतिले के दिईन मन्त्र ?

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई पार्टी जोगाउने भुमिका निर्वाह गर्न आग्रह गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले मंगलवार गौतमलाई शितल निवासमै वोलाएर ‘पार्टी एकता जोगाउन’ भूमिका खेल्न आग्रह गरेको श्रोतले जनाएको छ ।

यसअघि पनि पार्टीका लागि भुमिका खेलेको र योगदान गरेका कारण यस पटक पनि आफनो भुमिकालाई सकृय वनाउन भण्डारीले आग्रह गरेको श्रोतको दावी छ । भण्डारी र गौतम विच करिव आधा घण्टा कुराकानी भएको थियो ।

जवाफमा उपाध्यक्ष गौतमले पनि आफूले सक्दो पहल गर्ने बताएको उनका प्रेस संयोजक विश्वमणी सुवेदीले वताए । 

नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेका वेला समस्या समाधानका लागि गौतमलाई शितल निवासमा वोलाउनुलाई जानकारहरुले अर्थपुर्ण रुपमा लिएका छन् । गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको भेलामा पनि सहभागी भएका थिए । एक पटक ओली खेमामा पुगी सकेका गौतम पछिल्लो समय ओलीविरुद्धको गठबन्धनमा सकृय देखिएका छन् ।

विशेष