सांसद एवम् उद्योगी केसीको निधन
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ ।
मधुमेह र उच्च रक्तचापका विरामी रहेका ६३ वर्षिय केसीको सोमबार राति पोखरा स्थित आफनै निवासमा निधन भएको हो ।
केसी नेपाली कांग्रेसका समानुपाति संसद हुन । राजनीतिक जीवनको लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिताएका केसी पहिलो संविधानसभमा राप्रपाबाटै समानुपातिक कोटामा सांसद बनेका थिए । तर, प्रतिनिधिसभा निर्वाचन पुर्व उनी कांग्रेस प्रवेश गरेका थिए ।
केसीले हिमश्री फुड्स प्रालि स्थापना गरेर दक्षिण एसियामै पहिलोपल्ट पोखरामा ‘रारा’ चाउचाउ उत्पादन सुरु गरेका थिए । उनी राम्रा उद्योगी पनि हुन् ।