News

वडासचिव नै वलात्कारी !

वडासचिव नै वलात्कारी !

वलात्कार आरोपी महोत्तरीको भंगाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्षका लागि कारागार चलान भएको छ । महोत्तरी जिल्ला अदालतले सोमवार उनलाई कारागार पठाउने आदेश गरेको हो ।


न्यायाधीश दुर्गा गुरुङको इजलासमा सोमबारमा भएको उनी विरुद्धको प्रारम्भिक सुनवाइमा पूर्पक्षका लागि थुनामा राख्न आदेश भएको अदालतले जनाएको छ ।

भङ्गाहा–९ कै बासिन्दा रहेक यादवले स्थानीय एक महिलालाई बलात्कार गरेको आरोप छ। उनी गत असोज १४ गते पक्राउ परेका थिए । मदिरा सेवन गरेका यादवले वाटोमा भेटिएकी महिलालाई वलात्कार गरेको प्रहरीको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा चालु आर्थिक वर्षको पहिलो चौमासिक नसकिदै २१ वटा जबर्जस्ती करणी र तीन वटा करणी उद्योगका घटना दर्ता भएका छन् ।

गत आवमा १६ वटा जबर्जस्ती करणी र सात वटा करणी उद्योगका घटना दर्ता भएकोमा यो वर्ष करणीका घटना अत्याधिक वढेको प्रहरीले जनाएको छ । 
 

विशेष