News

कोरोना परीक्षण गर्ने ल्यावलाई नेपाल एयरलाइन्सले गरायो सचेत

कोरोना परीक्षण गर्ने ल्यावलाई नेपाल एयरलाइन्सले गरायो सचेत

नेपाल वायुुसेवा निगम (नेपाल एयरलाइन्स) ले  कोरोना परीक्षण गर्दै आएका ल्यावहरुलाई देशको प्रतिष्ठामा खेलवाड नगर्न सचेत गराएको छ । देशको प्रतिष्ठामा नकारात्मक असर नपुग्ने गरी सचेत भएर काम गर्न निगमको आग्रह छ।

नेपालमा कोरोना परीक्षण गरि नेगेटिभ रिपोर्ट वोकेर विदेश गएका ब्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि कतिपय मुलुकले उडानमै प्रतिबन्ध लगाएको भन्दै नेपाल एयरलाइन्सले ल्यावहरुलाई सचेत गराएको हो ।

निगमले विज्ञप्ति जारी गरेर भनेको छ– ‘विश्वव्यापी कोरोना महामारीका कारण हवाई उड्डयनको क्षेत्रमा परेको समस्या तथा स्वास्थ्य सुरक्षाका अतिरिक्त मापदण्डहरु लागू गर्ने गराउने कुरामा कुनै सम्झौता गरिएको छैन। यसैबीच निगमले उडान गर्ने गन्तव्यहरुमा यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मान्यताप्राप्त प्रयोगशालाबाट पिसीआर गरी ७२ घण्टाभित्रको रिपोर्टलाई मान्यता दिई आएको भए पनि केही दिनदेखि हङकङ, दुबई, नारिताजस्ता गन्तव्यहरूमा पुनः परीक्षण गर्दा कोभिड १९ पोजेटिभ देखिएकोले सम्बन्धित देशका निकायहरुले सचेत गराउनुका साथै कतिपयले उडान गर्नसमेत रोक लगाएकाले निगमलाई आर्थिक तथा प्रतिष्ठाको दृष्टिले ठूलो नोक्सानी पर्न गएको छ।’ 

यी घटनाहरुले निगमको मात्र नभई समग्र देशकै प्रतिष्ठामा नकारात्मक असर पर्नुका साथै नेपालका स्वास्थ्य प्रयोगशालाहरुको विश्वसनीयतामै प्रश्न खडा गरेको निगमको ठहर छ।
 

विशेष