२४ घन्टामा ३३ सय ९ जनामा संक्रमण, ३० जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थप भएकासमेत देशभर संक्रमितको संंख्या एक लाख ८२ हजार नौ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस अवधिमा ३८ सय ४४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।
हालसम्म एक लाख ४४ हजार नौ सय ७८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका मन्त्रालयले जनाएको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ।
देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ छ।