गण्डकी प्रदेशका कृषिमन्त्री थापालाई कोरोना
गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सोमबार पोखरास्थित प्रदेश प्रयोगशालामा स्वाब परीक्षणका लागि दिईएको थियो । बुधबार मन्त्री थापालाई कोरोना संक्रमण पुष्टि भएको थापाका स्वकिय सचिव भरत खनालले बताए ।
नेकपा गोरखा जिल्ला अध्यक्ष समेत रहेका थापा होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको खनालले बताए ।