News

नरवणे पशुपति जाँदा किन यत्रो सुरक्षा ?

नरवणे पशुपति जाँदा किन यत्रो सुरक्षा ?

तीन दिने नेपाल भ्रमणमा आएका भारतीय सेना अध्यक्ष मनोज मुकुन्द नरवणेले पशुपति मन्दिरको दर्शन गरेका छन् ।

भ्रमणको पहिलो दिन उनले धार्मिक स्थलको भ्रमणमै विताएका छन् । भारतीय वायु सेनाको विमानमार्फत काठमाडौं झरे लगत्तै सोल्टी होटल पुगेका उनले पहिले वसन्तपुरमा कुमारीको दर्शन गरे।

त्यसपछि उनले पशुपतिको दर्शन गरेको नेपाली सेना श्रोतले जनाएको छ । 

नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुको कडा सुरक्षा व्यवस्थाका बीच उनी धार्मिक भ्रमणमा निस्किएका थिए ।

शितलनिवासमा भोली उनलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरिने छ। उनले भोली नै समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नेछन्।

शुक्रवार प्रधानमन्त्री एवम् रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर उनी स्वदेश फर्कने कार्यक्रम छन् ।

विशेष