कोरोनाका कारण पुर्व सभामुख महाराकी पत्नि सिताको निधन
कोरोना संक्रमणका कारण पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ।
काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिए। निमोनियाको उपचार भईरहेका वेला उनको पिसिआर परीक्षण रिपोर्ट कोरोना पोजेटिभ देखिएको थियो।
उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गत कात्तिक १३ गते दाङको गोर्खा अस्पताल भर्ना गरिएको थियो भने कात्तिक १४ गते हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।
उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित रहेकी उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो।
सीता २०१८ साउन १३ मा रोल्पा गजुल धौले गाउँमा जन्मेकी थिइन्। महरासँग उनको २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी छन्।