भारतीय राजदुत क्वात्रा र परराष्ट्र सचिव पौड्यालविच भेटवार्ता
भारतीय राजदुत विनयमोहन क्वात्रा र परराष्ट्र सचिव भरतराज पौड्यालविच भेटवार्ता भएको छ ।
राजदुत क्वात्राले पौड्याललाई परराष्ट्र सचिवमा नियुक्ति भएकोमा वधाई दिएका छन् । भेटमा भारत–नेपाल सहकार्यमा भईरहेको ठोस प्रगतिहरूबारे सकारात्मक छलफल भएको क्वात्राले ट्वीटर मार्फत जानकारी दिएका छन् ।
सरकारले असोज अन्तिम साता पौड्याललाई परराष्ट्र सचिवमा नियुक्त गरेको छ । पौड्याल परराष्ट्र मन्त्रालयमा निवर्तमान सचिव शंकरदास वैरागीपछि वरिष्ठ सहसचिवको रुपमा कार्यरत थिए ।
वैरागीलाई सरकारले मुख्य–सचिवमा नियुक्त गरेपछि रिक्त रहेको सचिव पदमा पौड्याललाई नियुक्त गरिएको हो । यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा भूमिका निर्वाह गरिसकेका पौड्याल परराष्ट्र मन्त्रालयमा लामो समयदेखि विभिन्न महाशाखा र नियोगहरुमा काम गरिसकेका छन् ।