News

भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे काठमाडौं आइपुगे

भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे काठमाडौं आइपुगे

भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । 


भारतीय सेनाध्यक्ष नरवणे भारतीय वायु सेनाको विशेष विमान ‘इन्डियन एयर फोर्स–३३’ मार्फत काठमाडौं ओर्लिएका हुन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निम्तोमा उनी नेपाल आएका हुन् ।

उनको विमान ११ बजेर ४० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिए ।

भ्रमणदलमा नरवणेकी श्रीमतीसहित चार सदस्य छन्। नेपाल र भारतबीच एकअर्को देशका सेनाप्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ। त्यही परम्पराअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ ।

प्रधानसेनापति थापाले २०७५ पुस २९ मा नयाँदिल्लीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गरेका थिए ।
यस्तो कार्यक्रम विगतमा सामान्य औपचारिकतामा सीमित रहने गरेको थियो तर केही महिनादेखि नेपाल–भारत सीमालाई लिएर कायम विवाद र नरवणे आफैंले दिएको नेपालसम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण उनको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

विशेष