देशका लागि मैले राजीनामा दिन मिल्दैन : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले तत्काल राजीनामा नदिने वताएका छन् । मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो वताएका हुन्।
आफु स्थिरताका लागि काम गरिरहेको र स्थिरताले विकास तथा परिवर्तन ल्याउने ओलीले दावी गरे। प्रधानमन्त्रीले राजीनामा दिन लागेको भन्ने हल्ला फैलाइएको भन्दै उनले अहिले आफूले राजीनामा दिनु भनेको देश बर्बादीतिर जान दिनु भएको पनि जिकिर गरे।
सञ्चारमाध्यमहरूमा हल्ला प्रधानमन्त्रीले राजीनामा दिनु पस्यो भन्दै हल्ला फैलाउने गरिएको भन्दै उनले भने, ‘तपाईंहरू नै विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ?’ आफना लागि नभई देशका लागि आफुले अहिले राजिनामा दिन नमिल्ने उनको भनाई छ ।
‘अहिले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो’ उनले भने–‘त्यसकारण म राजीनामा दिनेवाला छैन।’
व्यापक जनसमर्थनबाट यो सरकार वनेको भन्दै ओलीले अनेक प्रकारका कोसिस भए पनि त्यसले सफलता नपाउने वताए । देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रवृत्तिबाट प्रभावित नभई काम गर्नुपर्ने उनले वताए ।