कोरोना संक्रमणका कारण फर्मासिस्टको मृत्यु
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका एक फर्मासिस्टको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
साईकृष्णा मेडिकल कलेजमा रहेको आइसोलेसनमा उपचार गराइरहेका २८ वर्षिय युवकको वुधवार मृत्यु भएको हो ।
राजविराज–२ का ती युवकको अचानक स्वास्थ्य अवस्था बिग्रिएको र केही बेरमै मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीत झाले वताए ।उनलाई १५ कार्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । लक्षण नदेखिएपनि उनी आइसोलेसनमा वसेका थिए ।
योसँगै सप्तरीमा कोरोना संक्रमण भएका मृतकको संख्या २९ पुगेको छ ।