News

दश लाख घुससहित विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ

दश लाख घुससहित विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ

नेपाल विद्युत प्राधिकरणका एक इन्जिनियर घुससहित पक्राउ परेका छन् ।

नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा–भरतपुर–बर्दघाट विद्युत् प्रसारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले घुस लिँदा लिँदै प्रक्राउ गरेको हो।

हेटौंडा–१० स्थित बसपार्कको मेगा होटलबाट १० लाख रुपैयाँ घुस रकमसहित उनी पक्राउ परेका हुन् । उनी नवौं तहका इन्जिनियर रहेको अख्तियारले जनाएको छ ।

प्रसारण लाइनको ठेकेदारसँग घुस रकम लिँदै गरेको अवस्थामा जैसवाललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले जनाएको छ।
 

विशेष