News

भारतीय सेनाध्यक्ष नरवणे नेपाली सेनाको मानार्थ महारथी

भारतीय सेनाध्यक्ष नरवणे नेपाली सेनाको मानार्थ महारथी

भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मानित गरेकी हुन् । राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित विशेष समारोहमा खड्ग तथा सम्मान–पत्र पनि प्रदान गरिएको थियो ।

समारोहमा प्रधानमन्त्री श्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारीहरु सहभागि थिए ।

विगत सात दशकदेखि दुवै देशका सेनाबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ। 

नेपाली सेनाको मानर्थ महारथीवाट सम्मानीत हुने नरवणे १८ औं सेनाध्यक्ष हुन। पहिलो भारतीय सेना प्रमुख सेनापति जनरल के एम करिअप्पालाई यो सम्मान प्रदान गरिएको थियो । उनलाई सन् १९५० मा उक्त सम्मान प्रदान गरिएको हो ।

यसैगरी, गत जनवरीमा भारतका राष्ट्रपति श्री रामनाथ कोविन्दले नयाँ दिल्लीमा आयोजित एक समारोहमा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए ।

समारोहपछि नरवणेले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा राजदूत क्वात्रा पनि थिए । राष्ट्रपतिसँगको भेटका क्रममा जनरल नरवणेले आफूलाई दिइएको सम्मानप्रति विशेष आभार प्रकट गर्नुका साथै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने उपायहरुबारे छलफल गरेको भारतीय दुतावासले जनाएको छ ।

विशेष