News

नेपाल–चीन व्यापारिक नाकाको अवरोध नहटे आन्दोलन गर्ने चेतावनी

नेपाल–चीन व्यापारिक नाकाको अवरोध नहटे आन्दोलन गर्ने चेतावनी

नेपाल चाइना चेम्बर अफ कमर्सले नेपाल–चीन व्यापारिक नाकाको अवरोध नहटे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

संघका महासचिव विवेक पौडेलले विहिवार प्रेस विज्ञप्ति जारी गरी नाका निर्वाध सञ्चालन गर्ने वातावण बनाउन सरकारसँग माग पनि गरेको छ । तातोपानी र रसुगागढीमा लगाइएको कोटा प्रणाली हटाएर निर्बाध कन्टेनरहरु चल्न दिने वातावरण बनाउन संघले अपिल गरेको छ ।

महिनौदेखि नाकामा करोडौंको माल÷वस्तु अलपत्र हुँदा व्यवसायीहरु टाट पल्टने अवस्थामा रहेको र विभिन्न मानसिक चिन्ता एवम् विचलन भएको भन्दै यसको विकल्प नखोजे ब्यापारीहरु आन्दोलनमा उत्रने अवस्था आएको जनाईएको छ ।

नाकाकै कारण दुई देश वीच सडक मार्गबाट हुने व्यापारप्रति व्यवसायीहरु नकारात्मक हुन थालेको संघले वताएका छ।

गत वर्ष चैतमा वन्द भएका दुवै नाका मानवीय गतिविधिमा रोक लगाउँदै अत्याअश्यक वस्तुको आयात मात्रै खोल्ने गरी पुनः सञ्चालनमा आएपनि कोरोना र बाढी पहिरोका कारण फेरी बन्द भएको छ।

विशेष