सप्तरीमा थप दुई कोरोना संक्रमितको मृत्यु
सप्तरीमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।
बिष्णुपुर गाउँपालिका–२ की २६ वर्षीया महिला र महदेवा गाउँपालिका–४ का ३० वर्षीय युवकको कोरोनाका कारण मृत्यु भएको हो ।
महिलाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । मृगौला पीडित महिला १० दिनदेखि सोहि अस्पालमा उपचाररत थिईन। कार्तिक १८ गते स्वाब संकलन गरेर परीक्षण गर्दा १९ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
वुधवार नै आइसोलेसनमा सारिएकी महिलाको विहिवार मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।
यसैगरी, महदेवाका युवकको विराटनगरस्थित म्याक्स इन्टरनेशनल अस्पतालमा मृत्यु भएको छ।
ज्वरो आएपछि गत कार्तिक ४ गते उनलाई अस्पताल भर्ना गरीएको थियो। उनलाई ५ गते नै कोरोना पुष्टि भएको थियो ।
योसहित सप्तरीमा कारेनाका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।