नेपाली सेनाले नरवणेलाई दियो ७ लाखको उपहार
नेपाली सेनाले भारतीय सेनालाई १ लाख मास्क सहयोग गरेको छ ।
भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको अवसर पारी वुधवार उक्त मास्क हस्तान्तरण गरिएको हो ।
नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा आयोजित भेटवार्ताका क्रममा उक्त मास्क नरवणेलाई हस्तान्तरण गरे। मास्क नेपाल आर्मीले आफै उत्पादन गरेको हो। नेपालमा उत्पादन हुने मास्कको लागत सरदर २ देखि ७ रुपैयाँसम्म पर्ने एक ब्यवसायीले वताए ।
लागतका हिसावमा नेपाली सेनाले भारतीय सेनालाई दिएको मास्कको मुल्य २ लाखदेखि ७ लाख रुपैयाँम्मको हुन सक्ने उनको अनुमान छ ।
यसका साथै नेपाली सेनाले शान्तिको प्रतिक स्वरुप वुद्धको प्रतिमा पनि नरवणेलाई उपहार दिएको छ।
भारतीय सेनाले भने नेपाली सेनाका दुई वटा फिल्ड अस्पतालका लागि आवश्यक भेन्टिलेटर, एम्वुलेसन्ससहितका स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ।
नरवणेले प्रधान सेनापति थापालाई उक्त स्वास्थ्य उपकरण उपहार स्वरुप हस्तान्तरण गरेका हुन । नेपाल स्थित भारतिय दुतावासका अनुसार नरभणेले नेपाली सेनालाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याब उपकरण, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्रीहरु उपहार दिएका छन् ।
यस वाहेक कोभिड–१९ महामारी विरुद्धको लडाइमा सघाउ पु¥याउन थप भेन्टिलेटर पनि प्रदान गरिएको छ। भारतीय सेनाले गत जुलाईमा पनि नेपाली सेनालाई भेन्टिलेटर उपहार दिएको थियो ।
प्रधान सेनापति थापाको निमन्त्रणमा तीन दिने भ्रमणका लागि नरवणे नेपाल आएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई शितल निवासमा आयोजित समारोहमा आजै नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिन।