News विदेश

जो बाईडेनलाई अमेरिकी इतिहासमै सबैभन्दा बढी लोकप्रिय मत 

जो बाईडेनलाई अमेरिकी इतिहासमै सबैभन्दा बढी लोकप्रिय मत 

अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले इतिहासमै सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका छन् । उनले सन् २००८ मा बाराक ओबामाले प्राएको भन्दा पनि वढि मत प्राप्त गरेका छन् ।

जो बाइडेनलाई हालसम्म ५०.४ प्रतिशत (७ करोड २० लाख)भन्दा बढी मत प्राप्त भएको छ । केही राज्यको मतगणना जारी रहेकाले बाइडेनको मत अझै बढ्नेछ । सन २००८ मा ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए । यस पटक बाइडेनले लोकप्रिय मतमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निकै पछि पारेका छन् । उनको लोकप्रिय मत ४७.९ प्रतिशत (६ करोड ८५ लाख) छ । 

तर, लोकप्रिय मत बढी पाउँदैमा अमेरिकी राष्ट्रपति हुन भने कठिन छ । सन् २०१६ को चुनावमा ट्रम्पले भन्दा करिब ३० लाख बढी मत प्राप्त गर्दा पनि हिलारी क्लिन्टन इलोक्टोरल भोटमा पछि परेका कारण पराजित भएकी थिइन् । 

यस पटक ६७ प्रतिशत (करिब १६ करोड अमेरिकी नागरिक) ले मतदान गरेका छन् । 

ताजा अवस्थामा डेमोक्रेटिक उम्मेदवार बाइडेन २६४ इलेक्टोरल भोटसहित अगाडि रहेका छन् । ट्रम्प भने २१४ इलेक्टोरल भोटसहित बाइडेनलाई टक्कर दिइरहेका छन् । पेन्सिलभेनिया, नर्थ क्यारोलाइना, जर्जिया, अलास्का र नेभादामा मतगणना जारी नै रहेको छ । यीमध्ये केही राज्यलाई ‘ब्याटलग्राउन्ड’ राज्य मानिएको छ ।
 

विशेष