News राजनीति

प्रचण्ड अठोट : वार्ताका लागि अब बालुवाटार छिर्दिन 

प्रचण्ड अठोट : वार्ताका लागि अब बालुवाटार छिर्दिन 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी पुस्पकमल दाहालले वार्ताका लागि अव वालुवाटार नछिर्ने वताएका छन् । उनको यो अभिब्यक्तिले अध्यक्ष केपी शर्मा ओलीसँग उनको सम्वन्ध अझै चिसिएको अनुमान गर्न सकिन्छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष दाहालले अब वार्ताकै लागि भनेर वालुवाटार नआउने बताए। ओलीसँगको छलफलपछि बाहिरिएका अध्यक्ष दाहालले अब बालुवाटारमा वार्ताका लागि धाउनुको औचित्य नभएको बताए।

पार्टीभित्र देखिएको संकट निवारणका लागि ओली र प्रचण्ड छलफलमा बसेका थिए । तर कुनै निष्कर्ष निस्कन नसकेको एक नेताले जानकारी दिए । उनले भने– ‘अब वार्ताका लागि बालुवाटार छिर्दिन भन्नुभएको छ ।’ 

विहिवार भएको भेटमा ओली समूहले बुधबार प्रदेश एकस्तरीय भर्चुअल बैठक राखेको विषयमा आपत्ति प्रकट गरेको र सचिवालय बैठकको लागि आग्रह गरेको ति नेताले वताए । तर, ओलीले त्यसलाई अस्वीकार गरेका थिए ।
 

विशेष