News

४ महिनामा डेढ लाख कोरोना संक्रमित थपिन सक्छनः स्वास्थ्य मन्त्रालय

४ महिनामा डेढ लाख कोरोना संक्रमित थपिन सक्छनः स्वास्थ्य मन्त्रालय

जाडो मौसम सुरु भएपछि कोरोना संक्रमण तिव्र रुपमा फैलिने आशंका विच ४ महिनामा थप १ लाख ४८ हजार जनामा कोरोना संक्रमण हुन सक्ने प्रक्षेपण सार्वजनिक भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अनुमानमा कात्तिकदेखि आगामी माघसम्म १ लाख ४८ हजार नयाँ संक्रमित थपिन सक्ने अनुमान गरिएको सचिव लक्षण अर्यालले बताए ।

यसको उपचार र व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग मिलेर काम गरिरहेको पनि उनले जानकारी दिए ।

पहिलो चरणमा असोजसम्म सक्रिय संक्रमितको संख्या मध्यम रहेमा ३९ हजार र बढी रहेमा ९१ हजारसम्म पुग्न सक्ने अनुमान गरिएको थियो ।

‘अहिले हामी दोस्रो फेजको माघसम्मको योजना बनाएर काम गरिरहेका छौं’ उनले भने–‘आगामी जोखिमको तयारीमा रहनका लागि सरकारले स्थानीय तह, जिल्ला, प्रदेश र संघीय अस्पताल निर्माणका लागि बजेट पनि पठाइसकेको छ।’

विशेष