News राजनीति

औपचारिक बैठक राखे पार्टी विभाजन हुने धम्किले अनौपचारिक वैठकः प्रचण्ड

औपचारिक बैठक राखे पार्टी विभाजन हुने धम्किले अनौपचारिक वैठकः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले औपचारिक बैठक राखे त्यहीबाट पार्टी विभाजन हुने ओलीको धम्किका कारण अनौपचारिक वैठक वोलाईएको व्रिफिङ्ग गरेका छन् ।

नेकपाका सचिवालय सदस्यहरुको अनौपचारिक बैठक शुक्रवार पार्टी कार्यालय धुम्वाराहीमा वसेको थियो । प्रचण्डले प्रधानमन्त्री ओलीकै सहमतिमा अनौपचारिक बैठक बोलाइएको जानकारी दिएका थिए ।

वैठकले अध्यक्ष केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ । पार्टीको बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटेर आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

अनौपचारीक वैठकमा प्रचण्डसहित नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए । प्रधानमन्त्री ओली, सचिवालय सदस्य ईश्वर पोखरेल, सचिवालय सदस्य रामबहादुर थापा बादल र महाचिव विष्णुप्रसाद पौडेल भने अनुपस्थित थिए ।

विशेष