News राजनीति

अध्यक्षको भनाभनले नेकपामा संकट, प्रचण्डले वोलाए सचिवालय बैठक

अध्यक्षको भनाभनले नेकपामा संकट, प्रचण्डले वोलाए सचिवालय बैठक

प्रधानमन्त्री निवास वालुवाटारमा नेकपाका दुई अध्यक्ष वित विहिवार भनाभन भएपछि कार्यकारी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा शुक्रावार दिउँसो तीन वजेका  लागि सचिवालयको अनौपचारिक बैठक बोलाएको छ।  प्रवक्ता नारायणकाजी श्रेष्ठले वैठकवारे पुष्टि गरेका छन् । पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न वैठकको आयोजना गरिएको उनले वताए ।

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली भने वैठकमा सहभागी नहुने बालुवाटार स्रोतले जनाएको छ । 

बिहीबार मात्रै दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । भेटवार्ता सकारात्मक हुन नसकेपछि ‘ओलीसँग वार्ताका लागि अवदेखि वालुवाटार नछिर्ने’ प्रतिक्रिया दिदै कार्यकारी अध्यक्ष दाहाल वाहिरिएका थिए ।

दुई अध्यक्ष विच करिब एक घण्टा भएको छलफल भनाभनमै सकिएको अध्यक्षद्वय निकटस्थहरूको भनाइ छ । श्रोतका अनुसार दाहालले दुइटा विषय बोकेर वालुवाटार पुगेका थिए । दाहालले प्रधानमन्त्रीसँग जनताको बहुदलीय जनवादको छलफल चलाएको विषयमा जिज्ञासा र पार्टीको बैठक बोलाइहाल्न आग्रह गरेका थिए ।

तर, अध्यक्षद्वयबीच सहमति नबनी पार्टीको बैठक बोलाउन खोजेर दाहालले फेरि भाँडभैलो गर्न खोजेको ओलीको भनाई भएपछि सहमतितर्फ छलफल अघि नवढेको एक नेताले वताए । उनले भने –‘पहिले तपाईं र म छलफल गरौं, मिल्ने कुरा केके हुन्, नमिल्ने कुरा केके हुन हेरौं, अनि बल्ल बैठक बोलाउँला। नत्र हूलहुज्जत गर्न बैठक बोलाएर केही काम छैन भन्दै ओलीले भन्नु भयो।’

दाहालले भने अर्को पार्टीको अभ्यास सुरु गरिसकेको, प्रदेश १ को भेला गरेर जबज पक्षधर एक हुनुपर्छ भनेको, राजीनामाको हल्ला फैलाएकोलगायतका विषय उठाएर यि विषयमा पार्टी भित्र गम्भीर छलफल गर्नैपर्ने अडान राखेका थिए ।

ओलीले आफूलाई ठीक लागेकै कुरा गरेकाले अहिले बैठक बाहेकका विषयमा कुरा गर्न भनेका थिए । 

विशेष