News

ट्याक्टरसहित भन्सार छलिको १५ लाखको कपडा नियन्त्रण

ट्याक्टरसहित भन्सार छलिको १५ लाखको कपडा नियन्त्रण

भन्सार छलि गरी भारतवाट नेपाल भित्र्याईएको करिव १५ लाख रुपैयाँको कपडा सप्तरीमा प्रहरीले पक्राउ गरेको छ ।

सदरमुकाम राजविराज नगरपाकलिका–५ स्थित कुनौली गेटवाट उक्त सामान पक्राउ गरिएको हो । स १ त ६७४७ नम्वरको ट्याक्टरमा लोड गरेर ल्याईएको लेडिज तथा जेन्सले प्रयोग गर्ने कपडा नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ट्याक्टरमा अवैद्य रुपमा ल्याईएको कपडा वरामद भएपछि चालक सप्तरीकै तिलाठि कोईलाडि गाउँपालिका १ का २९ वर्षिय प्रमानन्द रायलाई पनि नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएको सामान ट्याक्टर र चालक सहित भन्सार कार्यालय तिलाठिमा वुझाईने प्रहरीको भनाई छ ।

विशेष