हिमालयन बैंक र बिओकेले चिनियाँ कम्पनीविरुद्ध मुद्वा जिते, डेढ अर्व रुपैयाँ फिर्ता हुँदै
काठमाडौं । बैंक अफ काठमाण्डू र किमालयन बैंकले चीनको अदालतमा विगत आठ वर्षदेखि विचाराधीन रहेको मुद्दा जितेका छन् । चीनको तल्लो अदालतले बैंक अफ काठमाण्डू र हिमालयन बैंकको पक्षमा मुद्दा पैmसला गरेसँगै चाइना रेलवे ग्रुप अफ कम्पनीले बैंक ग्यारेन्टी बसेवापत लगेको रकम फिर्ता गर्नुपर्ने भएको हो ।
मेलम्ची खानेपानी आयोजनामा काम गर्न आएको चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे कम्पनीको लागि चाइना कन्स्ट्रक्सन बैंकमार्पmत दुवै नेपाली बैकले काउन्टर ग्यारेन्टी प्राप्त गरेका थिए । तर उक्त ठेकेदार कम्पनीले बीचैमा काम छाडेर हिडेपछि दुवै बैकको काउन्टर ग्यारेन्टी फसेको थियो । सुरुमा चाईना कन्स्ट्रक्सन बैंकले उक्त ग्यारेन्टी वापतको रकम दिन अस्वीकार गरेको थियो । त्यसपछि, मुद्वा चीनको अदालतमा पुगेको थियो ।
मेलम्ची खानेपानी आयोजनाको लागि जमानतको रकम भुक्तानी भए बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख य्ररो तथा थप हर्जनासमेत फिर्ता पाउने छ । सो रकम नेपाली रुपैयाँमा करिब ९० करोड हुन आउँछ । हिमालयन बैंकले पनि करीब ६६ करोड रुपैयाँ फिर्ता पाउने ।