News

२४ घण्टामा २७५३ लाई कोरोना संक्रमण, १७ जनाको मृत्यु

२४ घण्टामा २७५३ लाई कोरोना संक्रमण, १७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै १५ सय १२ संक्रमित थपिएका छन्। काठमाण्डौमा १२ सय ९४, ललितपुरमा १४१ र भक्तपुरमा ७७ जना छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।

यस अवधिमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मर्नेको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा २२ सय ६ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोराना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ ।

मन्त्रालयका अनुसार मोरङका २४५, सुनसरीका १३३, रुपन्देहीका ८५, कास्कीका ८२, कैलालीका ७७, काभ्रेका ७३, झापाका ५८, नुवाकोटका ३७, मकवानपुरका ३३, पाल्पाका २४, बाँकेका २२, कपिलवस्तुका २१, उदयपुर, बारा, बर्दिया र कञ्चनपुरका १९/१९ जना, खोटाङका १८, रोल्पाका १६, गोरखाका १५, सिराहाका १४, सिन्धुपाल्चोक, नवलपरासी र जुम्लाका १२/१२ जना, बाग्लुङका ११, धनुषा, सप्तरी, सर्लाही, चितवन, लमजुङ र दाङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाका ९ जना, धादिङका ७, पर्सा, रौतहट, दैलेख र बझाङका ५/५ जना, इलाम, धनकुटा, महोत्तरी, दोलखा, रसुवा, रामेछाप, तनहुँ, नवलपुर र गुल्मीका ४/४ जना, तेह्रथुम, भोजपुर, संखुवासभा, सिन्धुली, प्युठान र मुगुका ३/३ जना, सोलुखुम्बु, अर्घाखाँची र डोल्पाका २/२ जना, ओखलढुंगा, ताप्लेजुङ, कालीकोट, सुर्खेत, हुम्ला, अछाम र डोटीका १/१ जनामा संक्रमण देखिएको छ ।

विशेष