News राजनीति

वामदेवले ओलीलाई भने– समस्याको जड नै तपाई हो

वामदेवले ओलीलाई भने– समस्याको जड नै तपाई हो

नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीकै आगाडि वसेर ‘समस्याको जड नै तपाई हो’ भन्दै आलोचना गरेका छन् ।

शनिबार प्रचण्डसहित सचिवालयका ५ सदस्यसँग भएको भेटका क्रममा प्रधानमन्त्री ओलीले सवैको आलोचना गर्न थालेपछि गौतमले यसरी आलोचना गरेका हुन । कमिटीका निर्णय नमान्ने र सामूहिकतामा विश्वास नगर्ने व्यक्ति कम्युनिष्ट हुनै नसक्ने भन्दै उनले ‘तपाईंमा एकपछि अर्को समस्या देखिएको छ, तपाईंमा व्यक्तिवादी चिन्तन हावी भइरहेको छ। म अब तपाईंसँग छैन’ भनेको एक सहभागिले वताए ।

प्रधानमन्त्री ओली भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आक्रोसित बनेका थिए । ‘तपाईं कार्यकारी अध्यक्ष भन्नुहुन्छ। दुई अध्यक्ष बसेको ठाउँमा हुँदै नभएका कुरालाई भए भनेर ल्याउनुहुन्छ तपाईंको यो के तरिका हो?’ ओलीको भनाई उधृत गर्दै श्रोतले भन्यो–‘यो फाटोबादी विभाजनकारी तरिकाले कसरी हुन्छ?’

प्रधानमन्त्रीको जवाफमा प्रचण्डले भने ‘तपाईंले मसँग पार्टी फुटाउँछु भनेर भन्नुभएको हो। तपाईंले स्थायी कमिटीको निर्णय पनि मान्नुभएन। एकलौटी ढंगले चल्न खोज्नुभयो’ भनेर भनेको श्रोतले जनायो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ओलीसँग आलोचनात्मक चेत नभएको आरोप लगाए। श्रोतले भन्यो–‘कमरेड जस्तो व्यवहार कसैसँग पनि गर्नुहुँदो रैनछ। आफैंले भनेको मान्नेलाई मात्रै राम्रो मान्नुहुँदो रछ भन्दै श्रेष्ठले आलोचना गरे।’

विशेष