News

होम आईसोलेसनमा वसेका कोरोना संक्रमितको मृत्यु

होम आईसोलेसनमा वसेका कोरोना संक्रमितको मृत्यु

सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

सुरुङ्गा नगरपालिका ६ कडरवोनाका ६५ वर्षिय पुरुषको संक्रमणका कारण मृत्यु भएको हो ।

विराटनगर स्थित नोवेल अस्पतालमा गरिएको परिक्षणमा शुक्रवार मात्रै उनलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनी अस्पतालवाट आएर होम आईसोलेसनमा वसेका थिए। घरमै रहेका वेला शनिवार विहान उनको मृत्यु भएको हो।

कार्तिक २० गते ज्वरो तथा स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई विराटनगर स्थित नोवेल अस्पताल पुर्याईएको थियो । सोहि अस्पतालमा उनको स्वाव परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

यसअघि गत विहिवार मात्रै सप्तरीमा दुई संक्रमितको मृत्यु भएको थियो । बिष्णुपुर गाउँपालिका–२ की २६ वर्षीया महिला र महदेवा गाउँपालिका–४ का ३० वर्षीय युवकको कोरोनाका कारण मृत्यु भएको थियो ।

योसहित सप्तरीमा कोरोना संक्रमणका कारण मर्नेको संख्या ३२ पुगेको छ ।

विशेष