कलाकार गजुरेलको स्वास्थ्यमा सुधार
कोरोना भाइरसको संक्रमणका कारण स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि अस्पताल भर्ना भएका कलाकार मनोज गजुरेलले स्वास्थ्य अवस्था सुधार भएको छ ।
गजुरेलले फेसवुक मार्फत स्वास्थ्यमा सुधार भएको जानकारी दिएका छन् । अघिल्लो दिनको तुलनामा ‘धेरै राम्रो’ भइरहेको उनले जनाएका छन् ।
‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद’– उनले फेसवुकमा लेखेका छन् ।
गजुरेलसँग निकटका ब्यक्तिहरुले पनि उनको स्वास्थ सुधारोन्मुख रहेको जानकारी दिएका छन् ।
उनलाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । अक्सिजनको मात्रा कम देखिएपछि उनलाई बिहीबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा राखिएको छ ।
उनको फोक्सोमा पानी जमेको पाइएको चिकित्सकहरुले बताएका छन् ।