News राजनीति

ओलीलाई प्रचण्डको पत्र : वैठक वोलाउनोस

ओलीलाई प्रचण्डको पत्र : वैठक वोलाउनोस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले सचिवालय वैठक वोलाउन प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग लिखित माग गरेका छन् ।

कार्यकारी अध्यक्ष दाहालको नेतृत्वमा शनिवार प्रधानमन्त्री ओलीसँग भेट गरेका वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक माग गर्दै लिखित पत्र बुझाएका हुन्।

कोरोनाका बेला भइरहेका कामहरूको समीक्षा र पार्टी निर्णय कार्यान्वयनबारे छलफल हुनुपर्छ भन्नेबारे लिखित पत्र बुझाएको एक सहभागिले वताए ।

लिखित पत्र बुझेपछि प्रधानमन्त्रीले छलफलपछि निर्णय गर्ने बताएका छन् । प्रधानमन्त्रीलाई पत्र वुझाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पुष्टि गरे।

विशेष